महिला अभियन्ताका लागि राष्ट्रिय तथा अर्न्तराष्ट्रिय दस्तावेजहरुका सम्बन्धमा तालिम सम्पन्न

मानवअधिकार, अपाङ्गता महिला अधिकारका विषयमा अवधारणगत स्पष्टताल्याई न्यायमा पह’ँच अभिबृद्धिका लागि बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरुका बारेमा अपाङ्गता महिला अभियानकर्ताहरुलाई जानकारी गराई अपाङ्गता महिलाका सवालहरुलाई बलियो रुपमा उठान तथा पैरवी गर्न क्षमताको विकास गर्नु नै तालिमको उद्देश्य थियो ।

नेपाल अपाङ्ग महिला संघले भुकम्पपश्चातको शुरुवातदेखि नै बिभिन्न संघ संस्थाहरुसँगको समन्वयमा प्रभावित अपाङ्गता भएका व्यक्ति, महिला एवं सीमान्तीकृत महिलाका लागि अस्थाई बास र राहत सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । भुकम्पका कारण अपागंता भएका महिला झनै प्रभावित भएका र उनीहरुमा थप अपागंता सिर्जना भएको छ र धेरै महिला, पुरुष एवं वालवालिका अपाङ्गता भएको कुरा तथ्यगत प्रमाण हामीसँग छ । जसले गर्दा अपागंताको संख्या झन बढ्दो अवस्थामा छ । यसर्थ पनि अपागंताभित्र पनि अपागंता भएका महिलाको अवस्था झनै बिकाराल अवस्थाबाट गुज्रीरहेको छ भन्ने तथ्यका आधारमा पनि नेपाल अपाङ्ग महिला संघको भूमिका अहम् र अझ बढि सशक्त हुनुपर्ने देखिएको ।

यसै कुरालाई मध्यनजर गरी नेपाल अपाङ्ग महिला संघले भुकम्पश्चातको अवस्थामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

यसै सन्दर्भमा ओपन सोसाइटि फाउण्डेसनको सहयोगमा …भुकम्प पछिको अवस्था र अपाङ्गता भएका महिलाको न्यायमा सुदृढीकरण, कार्यक्रम धादिङ्ग, गोरखा र काठमाडौंमा सञ्चालनमा आइरहेको छ । सोही कार्यक्रम अन्तर्गत मिति २०७३ कात्तिक २५–२७ गते …अपाङ्गता महिला अभियान्तका लागि महिला तथा अपाङ्गता भएका व्यक्तिसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरु…का सम्बन्धमा ३ दिने तालिमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा भुकम्पबाट प्रभावित गोर्खा, धादिङ्ग, काभ्रे, रामेछाप, दोलखा, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका सहभागीहरुको उपस्थिति रहेको थियो ।

 

मानवअधिकार, अपाङ्गता महिला अधिकारका विषयमा अवधारणगत स्पष्टताल्याई न्यायमा पह’ँच अभिबृद्धिका लागि बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरुका बारेमा अपाङ्गता महिला अभियानकर्ताहरुलाई जानकारी गराई अपाङ्गता महिलाका सवालहरुलाई बलियो रुपमा उठान तथा पैरवी गर्न क्षमताको विकास गर्नु नै तालिमको उद्देश्य थियो । यसको साथै अपाङ्गता अभियन्ता तथा अधिकारकर्मीहरुमा महिला तथा अपाङ्गता भएका व्यक्तिसंग सम्बन्धित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय दस्तावेजहरुका सम्बन्धमा क्षमता अभिबृद्धि भई सहजीकरण गर्न सक्षम बनाउनु पनि थियो ।

 

तीन दिवसीय उक्त तालिमलाई फरक फरक शत्रहरुमा विभाजित गरिएको थियो, जस्तै: परिचयात्मक शत्र, अपेक्षा संकलन, प्रारम्भिक मूल्यांकन, तालिम सञ्चालन, उत्तर मूल्यांकन र तालिकको योजना शत्र । नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै कार्यक्रमको महत्व तथा औचित्यबारे प्रष्ट पार्नुभएको थियो । त्यसैगरी नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै तालिममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको शुरुवात सहभागीहरुवीच परिचयात्मक कार्यक्रमबाट भएको थियो । संयोजक लक्ष्मी न्यौपानेले परिचयात्मक कार्यक्रम तथा अपेक्षा संकलनको सहजीकरण गर्नुभएको थियो ।

 

तालिममा अध्यक्ष निर्मला धिताल, संघकी महासचिव मीना पौडेल, संयोजक लक्ष्मी न्यौपाने, वरिष्ठ अधिवक्ता मीरा ढुंगाना, महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका नीमराज भट्टराई, संघकी बरिष्ठ सल्लाहकार एवं राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष टीका दहालले सहजीकरण गर्नुभएको थियो । तत्पश्चात संघकी अध्यक्ष धितालले मानवअधिकारको इतिहास, अन्तराष्ट्रिय महासन्धी र यसका प्रक्रियाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरुले अत्यन्त चाखका साथ तालिम शत्रमा सवाल जवाफ तथा छलफल गरेका थिए ।