मुख्य उपलब्धिहरू

संघको स्थापनादेखि हालसम्मको यात्राका दौरानमा प्राप्त भएका प्रमुख उपलब्धीहरु यसप्रकार रहेका छन्:

 

  • नेपाल अपाङ्ग महिला संघ स्थापनादेखि नै संस्थागत विकास, सदस्य संस्थाको क्षमता विकास गरी महिला अधिकारमा कार्यरत संघसंस्था, संजाल तथा राष्ट्रिय अपांग महासंघ नेपाल तथा तिनका सदस्य संस्थाहरुसंगको सहकार्य, समन्वयमा केही स्मरणयोग्य उपलव्धिहरु प््रााप्त भएका छन् । साथै नेपाल सरकारका विभिन्न मन्त्रालय, निकायहरुको सहयोग, सम्पर्क र पैरबीका कारण केही नीतिगत सुधारहरु समेत भएका छन् । संस्थागत तहमा स्मरण गर्न योग्य केही उपलव्धिहरु यस प्रकार रहेका छन् ।
  • अपाङ्गता भएका महिलाहरुद्वारा सञ्चालित एक मात्र सहकारी दर्ता गर्न सफल भएको ।
  • १९ वटा जिल्लामा जिल्ला संजाल गठन ।
  • ९ वटा जिल्लामा अपाङ्गता भएका महिला सम्बन्धी स्वायत्त संस्था दर्ता भई स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनमा पहुँच अभिवृद्धी ।
  • १२५ वटा गा.वि.स.स्तरमा स्वालम्बन समूह गठन भएका छन् जसमा करिब १५०० जना अपाङ्गता भएका महिला र उनीहरुको अभिभावकहरु आवद्ध भएका छन् ।
  • १५७ जना अपाङ्गता भएका महिला स्वरोजगार र नीजि क्षेत्रमा रोजगारमा संलग्न भएका छन् ।
  • काठमाडौंको वुढानीलकण्ठ नगरपालिकामा करिब १ रोपनी जग्गामा भवन निर्माण भइरहेको र मोरङको कोशी हरैंचा नगरपालिका विराटचोकमा १ कठ्ठा जग्गा लिई संघको भवन निर्माण भइरहेको ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान भई हालसम्म १४ वटा विभिन्न सञ्जालमा आवद्ध भई आफ्नो आवाज उठानका साथै समन्वय र सहकार्य गर्दै आएको ।
  • हालसम्म राष्ट्रिय तथा अर्न्तराष्ट्रियस्तरबाट १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेको ।
  • हिंसा प्रभावित अपाङ्गता भएका महिलाहरुको लागि सहयोग उपलब्ध गराउन रु.७००००० (अक्षेरुपी सात लाख रुपैयाँ मात्र) को एक अक्षयकोषको स्थापना गरेको ।
  • यस संघ र संचार माध्यमहरुबीचको समन्वय कायम गर्न संचारको माध्यम एफएमहरुबाट संस्था आफैंले २ वटा एफ एमबाट कार्यक्रम संचालन गरिरहेको छ भने अन्य सञ्चार माध्यमहरुसँग पनि समन्वय र सम्बन्ध विकास गरी अपाङ्गता भएका महिलाको अधिकार स्थापित गर्न पहल गरेको ।
  • राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गता अधिकारको क्षेत्रमा कामगर्ने संस्थाहरुको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि संयुक्त अभियानमा सहकार्य र समन्वयका कारण संविधानमा अपांगता भएका व्यक्तिको केही महत्वपूर्ण अधिकारहरु सुनिश्चित भएको
  • अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा अपाङ्गता भएका महिलाको छुट्टै धाराको व्यवस्था भएको ।
  • संघको निरन्तर वकालत र पैरवीका कारण अपाङ्गता भएका महिलाको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको र यसको कार्यान्वयनका लागि निरन्तर वकालत र पैरवी गरिहरहेको ।
  • १३ वर्षदेखि निरन्तर रुपमा हिंसा प्रभावित अपाङ्गता भएका महिलाको पुनर्स्थापना गर्ने उद्देश्यले जोरपाटीमा भाडाको घरमा अपाङ्गता भएका महिलाको पुनर्स्थापना गृह सञ्चालन भैरहेको ।
  • हालसम्म २३ वटा राष्ट्रिय तथा अर्न्तराष्ट्रिय दातृ निकाय तथा साझेदारी (अल्पकालीन दिर्घकालीन) संस्थाहरुसँग सम्बन्ध विस्तार एवंम आर्थिक सहयोग प्राप्त गरेको ।
  • संस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि विभिन्न आर्थिक, कर्मचारी, पुनर्स्थापना, विउपुँजी निर्देशिका, लेखा व्यवस्थापन सफ्टवेयर, सञ्चार नीति, डाटावेश प्रणाली (स्वावलम्बन समूहको लेखा व्यवस्थापना र सदस्यको विवरण) बनाई कार्यान्वयनमा ल्याइरहेको ।
  • संघको २ वटा क्षेत्रीय कार्यालय स्थापना भई ७ वर्षदेखि निरन्तर सञ्चालनमा आएको साथै संघको हाल जम्मा २१ जना कर्मचारी कार्यरत रहेको ।