Disability Talks

अपांगता भएका व्यक्तिको अधिकारमा पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

२९ कात्तिक, धनकुटा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा धमाधम भइरहेको छ । तर, अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरेका छन् । सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए ।

अपाङ्गता भएका व्यक्तिलाई बन्दसूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी

१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् । https://www.onlinekhabar.com/2022/09/1198137