अपाङ्गता भएका व्यक्तिलाई बन्दसूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी

१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् ।

https://www.onlinekhabar.com/2022/09/1198137