पहिचान ई-बुलेटिन जनवरी-मार्च २०२२

नेपाल अपाङ्ग महिला संघले नीतिगत पैरवीका लागि नीति निर्माताहरूसँग सहकार्य गर्दै आएको छ भने अपाङ्गता भएका महिलाहरूको शसक्तिकरणका लागि समुदायमा क्षमता अभिबृद्धि गर्ने काम गर्दै आइरहेको छ । यसका लागि संघले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म अपाङ्गता भएका महिलामाथि हुने हिंसा न्यूनिकरण तथा अन्त्य गर्ने, न्याय दिलाउन पहल गर्ने, महिलाहरूको नेतृत्व विकास गर्दै शिक्षा, स्वास्थ्य, तालिम, सचेतनामूलक अभियान र स्वरोजगारलाई प्राथमिकता दिई कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै  हिंसा प्रभावित, विभेद र अन्यायमा पारिएका   अपाङ्गता भएका महिलाको अल्पकालीन र दिर्घकालिन पुर्नस्थापना गर्ने, कानुनी सहायता र न्यायमा पहुँच अभिवृद्धि  गर्ने कार्यमा सहजीकरण र सहयोग पुर्‍याउँदै आएको छ । यी उद्देश्य पुरा गर्न संघले विभिन्न अभियान गतिविधि तालिम, पैरवीहरू गर्दै आएको छ । संघले तीन महिनामा गरेका यी गतिविधिलाई जानकारी गराउन त्रैमासिक रुपमा यो बुलेटिन प्रकाशन गर्न सुरु गरेको छ ।