‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित ३ डिसेम्बरका दिन यसवर्षको ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको संयोजन र राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा विहान आयोजना गरिएको जनचेतनामूलक र्यालीमा नेपाल अपाङ्ग महिला संघले सहभागिता जनायो । भद्रकालीदेखि सुरू भएको र्याली भृकुटीमण्डप पुगेर भेला भई समापन भएको थियो। र्यालीमा लगभग पाँचसय जना सहभागी थिए । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ।