स्थानीय सरकारको वडा तहदेखि नै अपाङ्गता भएका महिलाका समावेश गराउनका लागि
नेपाल अपाङ्ग महिला संघले काठमाडौं महानगपालिकाका वडा अध्यक्ष र सदस्यहरुसँग अन्तर्क्रिया गरेको छ । अपाङ्गता भएका महिलाका सवाल पालिकाको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन होस भन्ने उद्देश्यले संघले वडा अध्यक्ष, सदस्यहरू र अपाङ्गता भएका व्यक्तिहरुद्वारा संघसंस्थाका प्रतिनिधि र अपाङ्गता समन्वय समितिसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तर्क्रियाका क्रममा संघले आगामी आर्थिक वर्षमा अपाङ्गता भएका महिलाका समेटिनुपर्ने सवालसहित २१ बुँदे ध्यानाकर्षण वडा अध्यक्ष र सदस्यहरुलाई बुझाएर यी सवाल प्रतिवद्धताका लागि छलफल गरेको थियो ।
अन्तर्क्रियामा उपस्थित वडा अध्यक्षहरुले यी सवालहरुलाई आफ्ना योजनामा समावेश गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा प्रतिनिधि महानगरपालिकास्थिति अपाङ्गता समन्वय समितिका सदस्यहरु, सामाजिक विकास विभाग र अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाका गरी ३४ जनाको सहभागिता थियो ।