नेपाल अपाङ्ग महिला संघले तीन महले सांसदहरुलाई बुझायो

Chair person of NDWA handed over tin hahale to the president of RPP

 

नेपाल अपाङ्ग महिला संघले युएनडिपीसँगको साझेदारीमा  पुनरावलोकन गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐनको तीन महले  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई बुझाएको छ ।

अपाङ्गता भएका महिलाको दृष्टिकोणबाट पुनरावलोकन गरिएको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐनको तीन महले शुक्रवार असार २१ गते   राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सांसदहरुलाई  संसदीय दलको कार्यालय सिंह दरवारमा भेटेर बुझाएको हो ।

यसक्रममा अध्यक्ष लिङ्देनले यस ऐन संसदमा आएपछि संसोधन हाल्ने प्रतिवद्धता जनाउनुभयो ।   दफावार छलफलका क्रममा सवैको एकमत भएमा तीन महलेमा आएका सुझावलाई समावेश गर्न सकिने उहाँको भनाइ थियो ।

 

उक्त पुनरावलोकनमा ऐनमा अपाङ्गता समावेशी र पहुँचयुक्ता सेवा, पहुँचयुक्त अपाङ्गता अनुकूल र किशोरीमैत्री सेवा र सूचनालगायतका सवाल उक्त ऐनमा समावेश गरिनुपर्ने उल्लेख गरेको छ ।