लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवशरमा नेपाल अपाङ्ग महिला संघलगायत अपाङ्गता अधिकारकर्मीको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्ध अनुपम यात्राको आयोजना गरियो । विहान भृकुटीमण्डपबाट सुरु भएको यात्रा प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै पुन भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो ।
यात्रामा सहभागीहरुले लैङ्गिक हिंसा विरोधी र राजनीतिमा महिला समान सहभागिताका नारा लगाएका थिए । यात्रामा अपाङ्गता भएका महिला अपाङ्गता अधिकारमा काम गर्ने संस्थाका प्रतिनिधिहरु लैंगिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधि गरी १ सय ५० भन्दा बढीको सहभागिता थियो । यात्राको संयोजन नेपाल अपाङ्ग महिला स्घलगायत डाउन सिण्ड्रोम समाज नेपाल एक्सेस प्लानेट राष्ट्रिय अपाङ्ग महिला समाज नेपाल ब्लाइण्ड रक प्रयत्न नेपालले गरेका थिए ।