नेपाल अपाङ्ग महिला संघ र ग्रीन तारा, नेपाल बीच को संयुक्त साझेदारीमा संचालित "हिंशा विरुद्ध समाबेशी साझेदारी" परियोजना अन्तर्गत अपाङ्गता भएका महिला विरुद्ध हुने लैङ्गिक हिंशालाई न्यूनीकरण गर्न प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न ।
नेपाल अपाङ्ग महिला संघ र ग्रीन तारा, नेपाल बीच को संयुक्त साझेदारीमा संचालित “हिंशा विरुद्ध समाबेशी साझेदारी” परियोजना यु.एन. ट्रस्ट फन्डको सहयोगबाट चलिरहेको छ। नेपाल अपाङ्ग महिला संघ द्वारा अपाङ्गता भएका महिला, सेवा प्रदायक तथा स्थानिय तहका जनप्रतिनिधिहरुको लागि लैङ्गिक हिंशा विरुद्धको क्षमता अभिवृद्धि सम्बन्धि ५ दिने प्रशिक्षक तालिम संचालन गरियो। बागमती प्रदेशलाई केन्द्रमा राखेर काठमाडौँमा संचालन भएको तालिममा ११ स्थानिय तहका सहभागीहरुको सहभागिता रहेको थियो। तालिमको उदेश्य स्थानिय प्रतिनिधि संगै अपाङ्गता अधिकारकर्मीलाई लैङ्गिक हिंसाको बारेमा जानकारी गराउनको साथै अपाङ्गता अधिकार संस्था र स्थानिय सरकार बीच सम्बन्ध स्थापना गर्नु थियो।
२०७८ असोज ६ देखि १० गते सम्म होटेल पेन्सन वासनामा संचालन भएको तालिममा २४ जना सहभागी थिए, जसमा सबै महिला थिए । उक्त कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका ११ स्थानिय तहका सहभागी थिए। कार्यक्रममा अपाङ्गता समन्वय समितिका सदस्यहरु को सहभागिता थियो। तालिम मुलत : लैङ्गिक हिंशाको विवरण, अपाङ्गता भएका महिला / बालिकाहरु बीच हुने लैङ्गिक हिंशा को बिध्यमान परिदृश्य, कानुनी सेवा र अपाङ्ग मैत्री कानुनी संयन्त्रमा केन्द्रित थियो। तालिम प्रशिक्षकको रुपमा कानुनी पक्षमा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष, महासचिब तथा कानुनी सल्लाहकार मुकुन्दहरि दाहाल लगाएतका व्यक्तित्वहरु द्वारा सम्पन्न भएको थियो। तसर्थ ग्रीनतारा नेपालका अनुसन्धान अधिकृतसंगै कार्यकारी निर्देशिकले पनि तालिममा सहजीकरण गरेका थिए।
तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो। साथै प्रशिक्षार्थीले समुदायका मानिसहरुलाई अपाङ्गता मैत्री लैङ्गिक सेवाहरुका बारेमा आ-आफ्नै स्थानिय तहमा अभिमुखीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।