राष्ट्रिय योजना आयोगसँग वकालत बैठक सम्पन्न

Submitted memorandum to the Hon. Member.

नेपाल अपाङ्ग महिला संघको नेतृत्वमा राष्ट्रिय योजना आयोग का माननीय सदस्य सलोनी सिंहज्यु लाई भेटी अपाङ्गता भएका महिलाको अधिकारका सवाल र समग्र अपाङ्गता को सवाल लाई मानव अधिकार बिकासको सवाल को रुपमा प्राथमिकताका साथ बार्षिक नीति तथा योजना मा समाबेश गरि सम्बोधन गरिनु पर्ने साथै अपाङ्गता भएका हिंसा प्रभावित को न्याय र दीर्घकालीन पुनर्स्थापना गर्न संयन्त्र निर्माण र बजेट बिनियोजन गरियोस भन्ने लगायतका माग समेटेर ज्ञापनपत्र पेश गरियो । उक्त माग हरु पढेर संघका अध्यक्ष श्री टीका दाहाल ले माननिय सदस्यज्युलाई बुझाउनु भएको थियो । ज्ञापनपत्र बुझ्दै माननियज्यु ले आफू समग्र अपाङ्गता र अपाङता भएका महिला को सवालमा गम्भीर र जिम्मेवार भएको र सधै नेतृत्व र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उक्त अबसर मा राष्ट्रिय अपाङ्ग महासंघ लगायत अपाङ्गता बर्गिय संस्थाहरुका प्रतिनिधि ज्युहरुको उपस्तिथि रहेको र आ-आफ्नो बिचार व्यक्त गर्नु भएको थियो । जम्मा २६ जनाको सहभागीता रहेको थियो भने मिडिया को पनि राम्रो उपस्थिति रहेको थियो ।