अपाङ्गता समावेशि पु्र्नस्थापना सम्बन्धी १ दिने अन्तर्क्रिया सम्पन्न

participants are listening the issues of women with disabilities in Chisapani, Ramechhap

नेपाल अपाङ्ग महिला सङ्घको आयोजनामा जेठ ३ गते २०७५ का दिन रामेछापको चिसापानीमा अपाङ्गता समावेसि पुनरस्थापना सम्बन्धी अन्तर्किया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षकहरू र अपाङ्गता भएका व्यक्तिहरुसमेत ३३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अतिथ्यता चिसापानी वडा नं. ८ का वडा सदस्य झनमाया पुलामिले गर्नु भएको थियो । उक्त कार्यक्रम सरोकारवालाहरूलाइ अपाङ्गता समावेसि पुनरस्थापना सम्बन्धि सुसुचित गर्ने उदेश्यले आयोजना गरेको थियो। कार्यक्रममा समाबेशिता, यसका आधारहरू, बहिस्करण र यसका क्षेत्रहरू, समावेशि शिक्षा, पहुँचयतता, अपाङ्गता समावेशि पुनर्स्थापना जस्ता विषय-वस्तुहरूमा छलफल भएको थियो। उत्त कार्यक्रमको सहजीकरण संङघका महासचिवले गर्नु भएको थियो ।
कार्यक्रमका सहभागि भिमेस्वर रुद्र माध्यमिक विद्यालयका शिक्षक रमेस ढुङ्गेलले आफ्नो विद्यालयले अपाङ्गता भएका व्यक्तिहरूको लागि छात्रबृतिको लागि पहल गर्दै आएको र आगामि दिनमा अपाङ्गता मैत्री शिक्षणसिकाइ क्रियाकलाप सञ्चालनगरि अपाङ्गता मैत्रि संरचना निर्माणमा पहलहरू गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्थलि नगरपालिका वडा सदस्य झनमाया पुलामिले आगामि दिनमा वडा स्तरमा बनाइने योजनाहरूमा अपाङ्गता भएका महिला तथा व्यक्तिहरूलाइ प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।