मुख्य खबर

हामी ८ लाख अपाङ्गता भएका नेपाली महिलाहरूको प्रतिनिधित्व गर्छौँ। हाम्रो सँस्था अपाङ्गता भएका महिलाहरू द्वारा नै स्थापना तथा संचालन गरिएको हो। हामी मानव अधिकार प्रवर्द्धन तथा पैरवीको कार्य गर्छौँ।

#अपाङ्गताबारेको चर्चा

१९७८ देखि २०१८ सालसम्म नेपालमा अपाङ्गता भएका व्यक्तिको आर्थिक काम नगर्नुको कारणसँग गाँसेर विवरण लिने प्रयास गरेको देखिन्छ । २०२८ सालमा पारिवारिक विवरण अन्तर्गत प्रश्न समावेश गरिएको भएता पनि २०३८ सालदेखि मात्रै व्यक्तिगत खण्डमा प्रश्न समावेश गरी त्यसको नतिजा समेत सार्वजनिक गर्न थालिएको देखिन्छ । विस्तृतमा पढ्नुहोस्

अनलाइन खबर,  सोमवार, चैत्र १२, २०८०

पार्टीको साङ्गठनिक गतिविधि र राजनैतिक गतिविधिलाई सामाजिक सवालसँग नजोडिन्जेलसम्म नेता र कार्यकर्तालाई जनताले के भोगिरहेका छन् भन्ने थाहा हुँदैन । त्यसैले सङ्गठनभित्र समाजमा आम मानिसले भोगिरहेका र सीमान्तकृत समुदायले भोगेका समस्या तथा अवरोधहरूको विषयमा बौद्धिक बहस गर्ने वातावरण तयार गर्नुपर्छ । विस्तृतमा पढ्नुहोस्

अनलाइन खबर,  मङ्लबार, फाल्गुन ८, २०८०

‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन ०७४’ अनुसार अटिजम अपांगताको एक प्रकार हो । ऐनबमोजिम अटिजम भएका व्यक्तिलाई सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुन्छ । उमेरको विकासअनुरूप सामान्य व्यवहार देखाउन नसक्ने, अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै गतिविधि दोहोर्‍याइरहने, अरूसँग घुलमिल हुन नचाहने वा तीव्र प्रतिक्रिया दिने खालका हुन्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात् कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ । जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ छन् । विस्तृतमा पढ्नुहोस्

इ-कान्तिपुर,  आइतवार, माघ ७, २०८०

पहुँच भन्नेबित्तिकै भौतिक पहुँच या राजनीतिक शक्तिको पहुँच भन्ने आमबुझाइ हुन सक्छ । धेरै पढेका व्यक्ति, शक्ति र पदमा बसेका व्यक्ति या सहरमा बसोबास गर्ने व्यक्ति, हिँड्डुल गर्न र प्रस्ट आवाज दिन सक्ने व्यक्तिको पहुँच सहज हुनु स्वाभाविक हो भन्ने पनि लाग्न सक्छ । अझ राजनीतिक रूपमा सचेत व्यक्तिले सबै ठाउँबाट सहज पहुँच लिन सक्छ भन्ने बुझाइ हुन्छ । त्यसो भए के सबै व्यक्ति पढेलेखेका, सहरमा बस्ने, राजनीतिमा संलग्न भएका, अपाङ्गता नभएका र पैसा कमाउने मात्र हुन सक्छन् त ? यो पाटोबाट पनि सोचिनुपर्छ । विस्तृतमा पढ्नुहोस्

सन्धान ,  बिहिबार, पुस १७, २०२६

ताजा गतिविधि

नयाँ स्रोत-सामाग्री