संघका उपाध्यक्ष पौडेल सम्मानित

 

नेपाल अपाङ्ग महिला संघका अपाध्यक्ष मीना पौडेललाई हेमगंगा  शारिरीक अपाङ्गता प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।  अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवशरमा राष्ट्रिय  अपाङ्ग कोषले अपाङ्गता अधिकारमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कारवाट पुरस्कृत गरेको हो ।

कोषले विगत दुई दशक भन्दा लामो समयदेखि  सामाजिक रुपान्तरण र  अपाङ्गता अधिकार स्थापित गर्न अनवरत लागि परि महत्वपूर्ण योगदान पुर्याएबापत  कदर गर्दै  यो पुरस्कारबाट अपाङ्गता अधिकारकर्मी पौडेललाई पुरस्कृत गरिएको बताएको । पौडेल नेपाल अपाङ्ग महिला संघको संस्थापक मध्ये एक हुनुहुन्छ ।