‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ३, २०२४ मा मनाइयो।
यसक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मन्त्री नवल किशोर साहको नेतृत्वमा रत्नपार्कस्थित शान्तिबाटिकाबाट र्याली निकालियो । र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा नेपाल अपाङ्ग महिला संघलगायत अपाङ्गता अधिकारमा काम गर्ने संघ संस्था र सरकारी निकायका अधिकारिको सहभागिता थियो ।
यसै अवशरमा तारकेश्वर नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवशरमा र्याली निकालेको छ । र्याली तारकेश्वर नगरपालिकाका विभिन्न वडा परिक्रमा गरेर नगरपालिका कार्यालयमा पुगेर सकिएको थियो । उक्त र्यालीमा तारकेश्वर नगरपालिकाका प्रमुख, उप प्रमुखलगायत वडा जनप्रनिधि, स्थानीय अपाङ्गता अधिकारमा काम गर्ने व्यक्ति र संस्था विद्यार्थी र अन्य नागरिक समाजका प्रतिनिधिको र्यालीमा सहभागिता थियो ।