बागमती सरकारले पलेशालाई दियो १० लाख, एरिकालाई ५ लाख

३ असोज, हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो ।