१२औ राष्ट्रिय जनगणना २०७८ सफल पारौ

Illustration of people with disabilities coming together for Census

Disability Awarenss in National Census. Photo Credit: NFDN/2021

अपाङ्गता, लैंगिकमैत्री, समाबेशी १२औ राष्ट्रिय जनगणना २०७८ को लागि अपाङ्गता भएका महिलाहरुको हार्दिक अनुरोध

ऐतिहासिक १२ राष्ट्रिय जनगणना २०७८; कार्तिक २५ गते देखि मङ्सिर ०९, २०७८ देश व्यापिरुपमा संचालन भैरहेको कुरा सर्बबिदितै छ । यस अवसरमा केन्द्रीय तथ्यांक बिभागले यस पटक अपाङ्गता भएका व्यक्तिको सहि र यथार्थ तथ्यांक संकलन गर्नको लागि मुख्य प्रश्नावली मै समेटेको छ जुन कुरा स्वागतयोग्य छ साथै यस पटक जनगणनामा अपाङ्गता भएका व्यक्तिको सहि तथ्यांक आउनेमा आशाबादी छौ ।

सबै स्थानीय तहबाटै भोलिबाट हुन गैरहेको यो तथ्यांक संकलन गर्ने क्रममा सोधिने प्रश्नमा अपाङ्गता भएका महिला, अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिको यथार्थ बिबरण संकलन गरियोस भनि हार्दिक आह्वान गर्दछौ

  • गणक तथा सुपरभाईजरहरुले सहि रुपमा सबै प्रकारका व्यक्तिको तथ्यांक लिईरहेका छन् कि छैनन् भन्ने कुराको यकिन गरि ढुक्क हुन स्थानीय सरकार, नागरिक सघ संघ संगठन र संचार माध्यम हरुको अनुगमन गर्नु अत्याबस्यक र अपरिहार्य रहेको छ ।
  • अपाङ्गता भएका व्यक्तिमा पनि हेर्दा नदेखिने अबस्था को अपागतालाइ छुट्न सक्छन् भन्ने कुरालाइ मनन् गरि गणकहरुले प्रश्न सोध्दा ध्यान दिनुपर्ने जरुरि हुन्छ ।
  • अपाङ्गता सम्बन्धीको विवरण लिन प्रश्नावलीहरु सोध्नलाइ केहि समय लगाएर धर्यतापुर्बक सोध्नको लागि गणकहरुलाइ अनुरोध गर्दछौ।
  • अपाङ्गतामैत्री, लैंगिकमैत्री र समाबेशी जनगणना गरि तथ्यांक संकलन गर्ने बारेमा सबै छेत्रबाट समुदायमा जनचेतना फैलाऊ ।
  • स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिको सवालमा कार्यरत संघसंस्था तथा अपाङ्गता समन्वय समितिहरुका सदस्यहरु गणना कार्य अबधिभर कृयाशिल भै अनुगमनको आबस्यकता रहेको छ ।

टीका दाहाल, अध्यक्ष

नेपाल अपाङ्ग महिला संघ, परिवार, कालोपुल, काठमान्डौ ।

CBS-appeal