विस्तृत कार्ययोजनाका लागि कार्यशाला

Vice chair person of NDWA presenting DIP

 

नेपाल अपाङ्ग महिला संघले हिंसा प्रभावित अपाङ्गता भएका महिलाको न्यायका लागि काम गर्न आगामी ४ वर्षका लागि विस्तृत कार्ययोजना तयार पारेको छ ।  सीविएम ग्लोवलसँगको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमको विस्तृत कार्ययोजना दुइ दिने कार्यशाला आयोजना गरी नेपाल अपाङ्ग महिला संघको कार्यकारी समितिका पदाधिकारी र सदस्यहरु र संघका कर्मचारीहरुको सहभागितामा

तयार पारिएको हो । उक्त कार्यशालामा  सीविएम ग्लोवलका तर्फबाट प्राविधिक सहयोग समेत प्राप्त भएको थियो ।

हिंसा प्रभावित महिलालाई  न्याय दिन   समुदायमा स्थापित राज्यका सेवा दिने   निकाय र  सेवा प्रदायकको सेवा, सुविधा र भौतिक संरचनाको पहुँचयुक्ततादेखि  उनीहरुलाई सहयोग र पुनर्स्थापनामा Action for Justice (A4J)  कार्यक्रम कार्यक्रम केन्द्रित हुनेछ । संघले उक्त कार्यक्रमका लागि राज्यका विभिन्न निकाय, नागरिक समाज र अपाङ्गता अधिकारमा काम गर्ने संघसंस्थासँग हातेमालो गर्नेछ ।