समावेशी लैंगिक हिंसा  रोकथाम तथा प्रतिकार्य कार्यशाला सम्पन्न

participants sitting in the hall and listening the presentation

 

 

नेपाल अपाङ्ग महिला संघले भदौ ५ गते काठमाडौंमा अपाङ्गता भएका महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि समावेशी लैंगिक हिंसा  रोकथाम तथा प्रतिकार्य कार्यशालाको आयोजना गर्‍यो ।

सीवीएम ग्लोवल नेपालको सहकार्यमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघसंस्थामा नेतृत्वकर्ता र  प्रतिनिधि गरी  ३९ जनाको सहभागिता थियो । कार्यक्रममा सहभागीले अपाङ्गता भएका महिलामाथि बहुहिंसा  भइरहेको बताए । प्रमाण अभावका कारण कतिपय अपाङ्गता भएका महिलाले न्याय पाउन नसकेको र कतिपयलाई आफूमाथि हिंसा भइरहेको जानकारी नै नभएको सहभागीले बताए

भक्तपुरकी एक सहभागीले बौद्धिक अपाङ्गता भएकी  २१ वर्षिया महिलामाथि छिमेकी पुरुषले गरेको शोषण र पीडकलाई बचाउन गरिएका गतिविधिका बारेमा अनुभव शेयर गरेकी थिइन् ।

सुनाइ सम्बन्धी अपाङ्गता भएका महिलाहरु पनि धेरै हिंसामा परेको र संचार अवरोधका कारण  न्याय पाउन नसकिरहेको कुरा सहभागीहरुले उठाएका थिए ।

लैंगिक हिंसा सम्बोधन गर्ने निकाय,  यसले प्रदान गर्ने सेवाहरु अपाङ्गताअनुकूल नभएको र कर्मचारीहरु अपाङ्गता सम्बेदनशील नभएकाले सवै अोपीडी मिलेर यसमा काम गर्न आवश्यक रहेको कुरा कार्यशालाका क्रममा गरिएको समूहकार्यबाट आएको निष्कर्ष थियो ।

कार्यशालामा संघका अध्यक्ष टीका दाहालले लैंगिक हिंसा सम्बोधन गर्ने कानुनका बारेमा जानकारी दिनुभएका थियो भने अपाध्यक्ष मीना पौडेलले संघले गरेको अध्ययन प्रतिवेदनका बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रम संघका महासचिव देब कुमारी पराजुलीले संचालन गर्नुभएको थियो ।