काठमाडौं, ५ सेप्टेम्बर २०२५ — नेपाल अपाङ्ग महिला संघ (NDWA) ले बुढानीलकण्ठ, तारकेश्वर र टोखा नगरपालिकाका विद्यालयहरूमा सञ्चालन गरेको विद्यालय स्तरीय अपांगता र लैङ्गिक हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस चरणमा ५ विद्यालयहरू समावेश गरिएको थियो — २ विद्यालय बुढानीलकण्ठ नगरपालिका, २ विद्यालय तारकेश्वर नगरपालिका र १ विद्यालय टोखा नगरपालिकाबाट । कार्यक्रममार्फत २४६ विद्यार्थीहरू (छात्र: १०८, छात्रा: १३८) ले सहभागिता जनाएका थिए ।

सत्रहरू तालिम प्राप्त विद्यालय नर्सहरूमार्फत सञ्चालित गरिएका थिए, जहाँ PowerPoint प्रस्तुतीमार्फत जानकारीमूलक र अन्तरक्रियात्मक विधिबाट शिक्षा दिइएको थियो। नेपाल अपाङ्ग महिला संघले सत्र सञ्चालन गर्नुअघि सहजकर्ताहरूलाई विषयवस्तु, प्रस्तुती शैली र विद्यार्थीहरूको सहभागिता बढाउने तरिकाबारे विशेष तालिम दिएको थियो ।
सत्रमा समेटिएका मुख्य विषयवस्तुहरू:
- अपाङ्गता र यसको प्रकारहरू
- लैङ्गिकता र सेक्सबीचको भिन्नता
- लैङ्गिक हिंसा र त्यसका विभिन्न प्रकारहरू
- नगरपालिका क्षेत्रमा उपलब्ध सेवा प्रदायकहरूको जानकारी
- सबैका लागि सुरक्षित र समावेशी विद्यालय बनाउने विद्यार्थीहरूको भूमिका
सत्रअघि र सत्रपछि गराइएको मूल्याङ्कन (pre-test/post-test) बाट विद्यार्थीहरूको ज्ञानमा वृद्धि देखिएको छ। अधिकांश विद्यार्थीहरूले नयाँ कुरा सिकेको प्रतिक्रिया दिएका छन्।
विद्यार्थीहरूको आवाज:
“अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार दिनुपर्छ।”
“हामी सबैप्रति दयालु हुनुपर्छ।”
“सबैलाई समान व्यवहार गर्नुपर्छ।”
“हिंसाविरुद्ध बोल्नुपर्छ।”
विद्यालय प्रतिनिधिहरूले नेपाल अपाङ्ग महिला संघ र सहजकर्ताहरूको प्रयासप्रति आभार व्यक्त गरेका छन् र भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु पर्नेमा जोड दिएका छन्।
यो कार्यक्रमले विद्यालयहरूलाई अझ समावेशी र सुरक्षित बनाउने दिशामा एक महत्वपूर्ण पाइला चालेको छ। नेपाल अपाङ्ग महिला संघले आगामी चरणहरूमा थप विद्यालयहरूमा यो अभियान विस्तार गर्ने योजना बनाएको छ।