NDWA Nepal

राष्ट्रिय योजना आयोगसँग वकालत बैठक सम्पन्न

नेपाल अपाङ्ग महिला संघको नेतृत्वमा राष्ट्रिय योजना आयोग का माननीय सदस्य सलोनी सिंहज्यु लाई भेटी अपाङ्गता भएका महिलाको अधिकारका सवाल र समग्र अपाङ्गता को सवाल लाई मानव अधिकार बिकासको सवाल को रुपमा प्राथमिकताका साथ बार्षिक नीति तथा योजना मा समाबेश गरि सम्बोधन गरिनु पर्ने साथै अपाङ्गता भएका हिंसा प्रभावित को न्याय र दीर्घकालीन पुनर्स्थापना गर्न संयन्त्र निर्माण र बजेट बिनियोजन गरियोस भन्ने लगायतका माग समेटेर ज्ञापनपत्र पेश गरियो ।

लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रशिक्षकको ५ दिने तालिम ।

गण्डकी प्रदेशमा अपाङ्गता भएका महिला, स्थानीय सरोकारवाला र निर्वाचित जनप्रतिनिधिहरूका लागि अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रशिक्षकको ५ दिने तालिम ।

Illustration of people with disabilities coming together for Census

१२औ राष्ट्रिय जनगणना २०७८ सफल पारौ

स्थानीय तहबाटै भोलिबाट हुन गैरहेको यो तथ्यांक संकलन गर्ने क्रममा सोधिने प्रश्नमा अपाङ्गता भएका महिला, अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिको यथार्थ बिबरण संकलन गरियोस भनि हार्दिक आह्वान गर्दछौ