समिक्षा वैठक सम्पन्न

नेपाल अपाङ्ग महिला संघको यो वर्षको ६ महिनामा गरिएको कामका बारेमा समिक्षा गर्न
समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न भयो । बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी, सदस्य र कर्मचारीलाई स्वागत गर्दै संघका अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाका लागि महिलावादी दृष्टिकोण र सोचबाट संघले काम गरिरहेको बताउनुभयो । अपाङ्गता भएका महिलामाथि भइरहेका लैङ्गिक हिंसा र विभेदविरुद्ध आवाज उठाउँदा चुनौती आइरहेको र यस्ता चुनौतीलाई सामूहिक रुपमा सामना गर्न तयार हुनुपर्ने उहाँको भनाइ थियो ।
वैठकमा संघले सञ्चालन गरिरहेका परियोजनाका हालसम्म छ महिनाको अवधिमा भएका गतिविधिको बारेमा समीक्षा गरिएको थियो । संघमा सञ्चालनमा रहेका पाँचवटा परियोजनाका गतिविधि, कामका उपलब्धी र चुनौतीका बारेमा सम्बन्धित परियोजनाका संयोजकहश्लेरू प्रस्तुत गरेका थिए । बैठकमा सीबिएम ग्लोवलका कार्यक्रम अधिकृत विमल पौडेलले नेपाल अपाङ्ग महिला संघले गरिरहेका कामका बारेमा जानकारी पाउन यो बैठकले सहयोग गरेको बताउनुभयो ।
समीक्षा वैठकपछि अधिकारकर्मी चाँदनी रानाले टीम विल्डीङ कसरी गर्ने भन्ने बिषयमा सहजिकरण गर्नुभएको थियो ।
संस्थामा काम गर्दा एकअर्काबीच तालमेल गरी संस्थाको उद्देश्य हासिल गर्न टिम विल्डिङ किन आवश्यक छ र भएन भने कस्तो हानी हुन्छ भन्नेबारेमा यो सेसनमा छलफल भएको थियो । छलफलका क्रममा विभिन्न खेलमार्फत टिम विल्डिङको महत्वका बारेमा प्रकाश पारिएको थियो ।