नेपाल अपाङ्ग महिला संघको २३ औं वार्षिक साधारण सभा मसिंर पाँच गते काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष टीका दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव देव कुमारी पराजुलीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष शोभा विष्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको मौका पारेर नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई संघका आन्तरिक नीतिहरूका बारेमा अभिमुखीकरण गरेको थियो ।
यसै अवशरमा अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी आवश्यकता सम्वोधन गर्नका लागि पोसिवलले गरेको सहभागितामूलक अध्ययन उक्त संस्थाका कार्यकारी निर्देशक डा सावित्री सापकोटाले प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा संस्थाका संस्थापकहरु पूर्व अध्यक्षहरुलगायत ७० जना सदस्यको उपस्थिति थियो ।