CBM Global नेपाल द्वारा नेपाल अपाङ्ग महिला संघका कर्मचारी र कार्यपालिकाका सदस्यहरुलाई सुरक्षा तालिम संचालन

A group photo taken during the safeguarding training conducted by CBM Global Nepal on July 4, 2025.

A group photo taken during the safeguarding training conducted by CBM Global Nepal on July 4, 2025. Photo credit: Ayushka Shrestha

CBM Global द्वारा जुन ३०, २०२५ को दिन पेन्सन वासना, काठमाडौँमा सुरक्षा तालीम आयोजना गरिएको थिय। नेपाल अपाङ्ग महिला संघका केन्द्रिय कर्मचारी, बागमती प्रदेशका कर्मचारी एवं कार्यपालिका सदस्यहरु उक्त तालिममा सहभागी भएका थिए।

CBM Global मा कार्यरत कृपा महर्जनले उक्त तालिमको नेतृत्व गरेकी थिईन् भने उनि CBM Global को फोकल व्यक्ति पनि हुन्।

सहभागी र प्रशिक्षकहरूलाई नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले स्वागत गरेकि  थिइन्। उनले कुनै पनि संस्थाले कर्यक्रम संचालन गर्दा वा परियोजना कार्यन्वयन गर्दा कर्मचारी र सरोकारवालाहरुको सुरक्षाको महत्त्व हुने कुरा बताइन् ।

सहभागीहरूले CBM Global सुरक्षा नीति र प्रतिबद्धता बारे जानकारी दिइएको थियो । साथै सहभागीहरुलाई विभिन्न सुरक्षा मुद्दाहरूको पहिचान गर्न, रिपोर्ट गर्न र प्रतिक्रिया गर्न सुरक्षा तालिममा सिकईयो। तालिम पावरपोइन्ट प्रस्तुतीकरणहरू प्रयोग गरेर अन्तर्क्रियात्मक सहभागिताको माध्यमबाट सञ्चालन गरिएको थियो । र सत्रहरू सामूहिक छलफलको माध्यमबाट सत्रहरू अझ बढी अन्तरक्रियात्मक बनेको थियो ।

कार्यक्रमको समापन नेपाल अपाङ्ग महिला संघको महासचिव देवी पराजुलीको टिप्पणीबाट भएको थियो।