तारकेश्वर नगरपालिका वडा २ मा कानुनी सचेतना कार्यक्रम सम्पन्न

Ward chairperson Radha krishna Shrestha deliverin his speech

नेपाल अपाङ्ग महिला संघले तारकेश्वर नगरपालिका वडा नम्बर २ मा असार ३ २०८१ मा अपाङ्गता भएका महिलाका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गर्‍यो ।

तारकेश्वर नगरपालिका वडा २ को सहयोगमा संघले आयोजना गरेको उक्त कार्यक्रममा ६० जना अपाङ्गता भएका व्यक्ति, स्वास्थ्य स्वयंसेविका र वडाका जनप्रतिनिधिको सहभागिता थियो । उक्त

कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष राधाकृष्ण खड्गीले वडामा रहेका अपाङ्गता भएका व्यक्ति र सेवा प्रदायकहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विद्यमान सेवा सुविधा कानुनी व्यवस्थाका बारेमा थाहा पाउनुपर्छ भनेर संघसँग मिलेर उक्त कार्यक्रम गरेको बताउनुभयो । उहाँले आफ्नो वडामा बनेको विद्यालय पहुँचयुक्त बनाउको र बन्दे गरेको शौचालय पनि पहुँचयुक्त बनाउने जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई दया भन्दा पनि अवशर चाहिएको भन्दै आफुले उनीहरूको योग्यता र क्षमताका आधारमा उक्त अवशरहरु सिर्जनामा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुले  आफुहरुले आफ्नो अपाङ्गताका आधारमा  भोगिरहेको अवरोधका बारेमा अनुभव सुनाएका थिए ।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले अपाङ्गताका लागि विद्यमान कानुनका बारेमा र महासचिव देव कुमारी पराजुलीले अपाङ्गताका प्रकार र उनीहरुले पाउने सेवासुविधाका बारेमा प्रस्तुति दिनुभएको थियो ।