स्वास्थ्य संस्थाहरूलाई पहुँचयुक्त बनाउ: नेपाल अपाङ्ग महिला संघ  

participants sitting in round table and discussing

 

नेपाल अपाङ्ग महिला संघले युएनडिपीसँगको साझेदारीमा यौन तथा प्रजनन अधिकार ऐनको पुनरावलोकनलाई अन्तिम रुप दिएको छ ।  संघले असार १४, २०८१  मा विज्ञहरुसँग छलफल गरी उक्त ऐनलाई पहुँचयुक्त सेवाका सवाललाई अपाङ्गता भएका महिलाको दृष्टिकोणबाट गरेको  पुनरावलोकनलाई अन्तिम रुप दिएको हो  ।  उक्त पुनरावलोकनमा ऐनमा अपाङ्गता समावेशी र पहुँचयुक्ता सेवा, पहुँचयुक्त अपाङ्गता अनुकूल र किशोरीमैत्री सेवा र सूचनालगायतका सवाल उक्त ऐनमा समावेश गरिनुपर्ने उल्लेख गरेको छ । ऐनको सुझावसहित तयार पारिएको तीन महले सम्बन्धित मन्त्रालय र सांसदहरुलाई बुझाउने छ ।