अपङ्गता र लैङ्गिक हिंसाविरुद्ध नेपाल अपाङ्ग महिला संघद्वारा विद्यालय कार्यक्रमको पहिलो चरण सम्पन्न

The participants are in the school hall sitting on cushions on the floor. They are facing towards the screen with their back at the camers. The participants are filling the pre-test questionnaire. The screen reads GBV and disability.

Participants filling pre-test during the GBV school session in Shree Manohor Madhyamik Vidyalaya, Tokha, Kathmandu.

काठमाडौं, ५ सेप्टेम्बर २०२५ — नेपाल अपाङ्ग महिला संघ (NDWA) ले बुढानीलकण्ठ, तारकेश्वर र टोखा नगरपालिकाका विद्यालयहरूमा सञ्चालन गरेको विद्यालय स्तरीय अपांगता र लैङ्गिक हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस चरणमा ५ विद्यालयहरू समावेश गरिएको थियो — २ विद्यालय बुढानीलकण्ठ नगरपालिका, २ विद्यालय तारकेश्वर नगरपालिका र १ विद्यालय टोखा नगरपालिकाबाट । कार्यक्रममार्फत २४६ विद्यार्थीहरू (छात्र: १०८, छात्रा: १३८) ले सहभागिता जनाएका थिए ।

Distribution of participants of the school GBV sessions Phase I across the 5 schools.

सत्रहरू तालिम प्राप्त विद्यालय नर्सहरूमार्फत सञ्चालित गरिएका थिए, जहाँ PowerPoint प्रस्तुतीमार्फत जानकारीमूलक र अन्तरक्रियात्मक विधिबाट शिक्षा दिइएको थियो। नेपाल अपाङ्ग महिला संघले सत्र सञ्चालन गर्नुअघि सहजकर्ताहरूलाई विषयवस्तु, प्रस्तुती शैली र विद्यार्थीहरूको सहभागिता बढाउने तरिकाबारे विशेष तालिम दिएको थियो ।

सत्रमा समेटिएका मुख्य विषयवस्तुहरू:

  • अपाङ्गता र यसको प्रकारहरू
  • लैङ्गिकता र सेक्सबीचको भिन्नता
  • लैङ्गिक हिंसा र त्यसका विभिन्न प्रकारहरू
  • नगरपालिका क्षेत्रमा उपलब्ध सेवा प्रदायकहरूको जानकारी
  • सबैका लागि सुरक्षित र समावेशी विद्यालय बनाउने विद्यार्थीहरूको भूमिका

सत्रअघि र सत्रपछि गराइएको मूल्याङ्कन (pre-test/post-test) बाट विद्यार्थीहरूको ज्ञानमा वृद्धि देखिएको छ। अधिकांश विद्यार्थीहरूले नयाँ कुरा सिकेको प्रतिक्रिया दिएका छन्।

विद्यार्थीहरूको आवाज:

“अपाङ्गता  भएका व्यक्तिलाई समान अधिकार दिनुपर्छ।”
“हामी सबैप्रति दयालु हुनुपर्छ।”
“सबैलाई समान व्यवहार गर्नुपर्छ।”
“हिंसाविरुद्ध बोल्नुपर्छ।”

विद्यालय प्रतिनिधिहरूले नेपाल अपाङ्ग महिला संघ र सहजकर्ताहरूको प्रयासप्रति आभार व्यक्त गरेका छन् र भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु पर्नेमा जोड दिएका छन्।

यो कार्यक्रमले विद्यालयहरूलाई अझ समावेशी र सुरक्षित बनाउने दिशामा एक महत्वपूर्ण पाइला चालेको छ। नेपाल अपाङ्ग महिला संघले आगामी चरणहरूमा थप विद्यालयहरूमा यो अभियान विस्तार गर्ने योजना बनाएको छ।