नेपाल अपाङ्ग महिला संघ (NDWA) ले चितवन जिल्लाका कालिका, इच्छाकामना, र माडी नगरपालिकामा दुई-दिने नगरपालिका-स्तरीय क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम NDWA को अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउने तथा अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPDs) को आवाज सुदृढ बनाउने प्रतिबद्धताको निरन्तरता हो।
तालिमको मुख्य उद्देश्य OPD नेताहरूलाई अपाङ्गता अधिकार, वित्तीय साक्षरता, तथा समावेशी पैरवीका रणनीतिहरूको ज्ञान प्रदान गर्नु थियो, जसले उनीहरूलाई आफ्ना समुदायमा अपाङ्गता भएका व्यक्तिहरूका लागि वित्तीय पहुँच र आर्थिक अवसरहरू विस्तार गर्न सशक्त बनाउँछ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूको महत्वपूर्ण योगदान थियो। सहभागी प्रशिक्षकहरूमा CBM नेपालका वित्तीय समावेशीकरण विशेषज्ञ श्री विश्व राम श्रेष्ठ, SAPPROS का परियोजना संयोजक श्री केदारनाथ पौडेल, र NDWA का GEDSI सल्लाहकार श्री मिलन खराल थिए। वित्तीय साक्षरता सम्बन्धी सत्रहरू FAIDA परियोजनाबाट प्रमाणित स्थानीय प्रशिक्षकहरू—कालिकाबाट श्रीमती कविता आचार्य र माडीबाट श्रीमती पविता सुबेदी आचार्य—द्वारा सञ्चालन गरिएको थियो। यी प्रशिक्षकहरू अहिले आफ्ना नगरपालिकामा वित्तीय साक्षरताको अभियानलाई अगाडि बढाउँदै छन्।
सहभागीहरूमा सामुदायिक नेताहरू, OPD प्रतिनिधिहरू, तथा स्थानिय अपाङ्गता भएका व्यक्तिहरू थिए। कालिकाबाट श्री मिनबहादुर गुरुङ, इच्छाकामनाबाट श्री अर्जुन बोहरा, र माडीबाट श्री यमबहादुर अधिकारी जस्ता OPD प्रतिनिधिहरूले सत्रहरूमा सक्रिय सहभागिता जनाएका थिए।
तीनवटै नगरपालिकामा गरी कुल १२१ जनाले तालिममा सहभागिता जनाए, जसमा ६४ जना पुरुष र ५७ जना महिला थिए। सहभागीहरूमध्ये:
- ६१ जना शारीरिक अपाङ्गता भएका
- ८ जना दृष्टिविहीन
- २ जना वाक तथा ध्वनि सम्बन्धी अपाङ्गता भएका
- १ जना सुन्न नसक्ने
- १ जना मानसिक अपाङ्गता भएका
- २ जना बौद्धिक अपाङ्गता भएका व्यक्ति थिए। साथै, २४ जना अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूको पनि उपस्थिति थियो, जसले समावेशी समुदायगत सहभागितालाई झल्काउँछ।
NDWA को यस पहलले OPD नेताहरूबीच आपसी सिकाइ र सहकार्यलाई प्रोत्साहन गरेको मात्र होइन, स्थानीय तहमा वित्तीय समावेशीकरण तथा समान विकास अवसरहरूको पैरवी गर्ने क्षमता पनि सुदृढ बनाएको छ।
“यो प्रयासले चितवनमा समावेशी र आर्थिक रूपमा सशक्त अपाङ्गता भएका व्यक्तिहरूको समुदाय निर्माणतर्फ एक महत्वपूर्ण कदम राख्नेछ। FAIDA परियोजनालाई धन्यवाद,” माडी अपाङ्ग समन्वय संस्था अध्यक्ष श्री मिनबहादुर गुरुङले भन्नुभयो।