बुढानीलकण्ठ नगरपालिकामा लैंगिक हिंसाविरुद्धको कार्यक्रम

Deputy mayor of Budhanilkantha municipality delivering her speech

 

नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठ नगरपालिकामा औपचारिक रुपमा लैंगिक हिंसाविरुद्धको परियोजना कार्यान्वयन सुरु गरेको छ ।

यसका लागि संघले  साउन २ २०८१ का दिन बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यमा परियोजना कार्यान्वयनको जानकारी दिनका लागि कार्यक्रमको आयोजना गर्‍यो । उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, पालिकाका सवै शाखा प्रमुखहरु, अपाङ्गता समन्वय समितिका सदस्य, बुढानीलकण्ठ नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरु, नेपाल अपाङ्ग महिला संघका पदाधिकारी र कर्मचारी गरी ४२ जनाको सहभागिता थियो ।

यसक्रममा उपप्रमुख लामाले लक्षित समूहको जीवनमा परियोजनाले सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले कार्यक्रमलाई सहज रुपमा संचालन गर्न पुर्णरुपमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो  । कार्यक्रममा परियोजना संयोजक आयुष्का श्रेष्ठले बुढानीलकण्ठ नगरपालिकामा गरिने गतिविधि र कार्यक्रमका बारेमा जानकारी दिनुभयो । यसैगरि अध्यक्ष टीका दाहालले परियोजनाको उद्देश्यका बारेमा प्रकाश पार्नुभयो ।

संघले  सीविएम ग्लोवलसँगको सहकार्यमा हिंसा प्रभावित अपाङ्गता भएका महिलाको लैंगिक हिंसाविरुद्ध न्यायमा पहुँच पुर्‍याउनका लागि काम गर्न आगामी ४ वर्षका लागि परियोजना सुरु गरेको हो ।