नेपाल अपाङ्ग महिला संघले विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा १० मङ्सिरमा हेटौंडामा वागमती प्रदेशस्तरीय सीआरपीडीको छायाँ प्रतिवेदन तयारी परामर्श छलफल कार्यशाला गरेको छ ।
कार्यशालामा अपाङ्गता भएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरु समेत गरि २५ जनाको उपस्थिति
थियो ।
उपस्थित व्यक्तिहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका विभिन्न पाँचवटा धारामा समूह कार्य गरेका थिए । सहभागीहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीका धारा ६ अपाङ्गता भएका महिला, धारा १२ समान कानुनी मान्यताको अधिकार, धारा १३ न्यायमा पहुँचको अधिकार, धारा १६ शोषण, हिंसा र दूर्व्यवहारबाट स्वतन्त्रता र धारा १७ व्यक्तिको अखण्डताको संरक्षणमा समूह विभाजन गरी कार्य गरेका थिए ।
कार्यशालामा बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनको लागि गठित प्रदेशस्तरीय अपाङ्गता निर्देशन समितिको उपाध्यक्ष दिल बहादुर स्याङ्बोले कार्यशालाले अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक अवस्था बुझ्न र सो को सम्बोधनको लागि
सरकार तथा नागरिक समाजले गर्नुपर्ने कार्यहरुको बिषयमा मार्गदर्शन प्राप्त हुने भन्दै कार्यशालाबाट सिआरपिडी कार्यान्वयनको सवालमा ठोस निचोड निस्कने विश्वास व्यक्त गर्नुभएको छ