NDWA Nepal

बार्षिक समीक्षा बैठक सम्पन्न

नेपाल अपाङ्ग महिला संघले गत एकवर्षमा गरिएको कामका बारेमा समिक्षा गर्न एक कार्यक्रमको आयोजना गरेको छ । पुष १२, २०८० मा काभ्रेस्थित बल्थलीमा सम्पन्न बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी, सदस्यहरुले आफ्ना क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले संस्थाले पैरवी वकालतमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए । साथै वैठकमा संघले सञ्चालन… Read more बार्षिक समीक्षा बैठक सम्पन्न

Kapil Aryal briefing about the CRPD reporting prosses

बागमती प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न

    नेपाल अपाङ्ग महिला संघले विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा १० मङ्सिरमा हेटौंडामा वागमती प्रदेशस्तरीय सीआरपीडीको छायाँ प्रतिवेदन तयारी परामर्श छलफल  कार्यशाला गरेको छ । कार्यशालामा अपाङ्गता भएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरु समेत गरि २५ जनाको उपस्थिति थियो । उपस्थित व्यक्तिहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका विभिन्न पाँचवटा धारामा समूह कार्य गरेका थिए… Read more बागमती प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न

Participants sitting round table and dr Sunita maleku presenting points from the group discussion

यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्‍यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि गरी २१ जनाको सहभागिता थियो । कार्यशालामा सहभागीहरुले  अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका बिभिन्न पाँचवटा धारामा समूहकार्य गरेका थिए ।… Read more यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला

meena paudel VC of NDWA fasilitating the program

अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति र अवरोध बारेमा छलफल

  नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको अवस्था र अवरोधको विश्लेषण विषयमा गरेको अध्ययनको  प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ । विमेन काइण्ड यू केको सहयोगमा गरिएको यस अध्ययनले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको अवस्था अत्यन्तै कठीन र जटिल रहेको देखाएको छ । अपाङ्गता भएका महिलाका लागि  न्याय पाउने वातावरण नभएका कारण उनीहरू… Read more अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति र अवरोध बारेमा छलफल

भारतीय मानवअधिकार परिषद्ले ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’बाट नेपालकी सविता उप्रेतीलाई सम्मान गरेको छ । यो पुरस्कार १४० सदस्य राष्ट्र भएको मानवअधिकार परिषद्को प्रतिष्ठित पुरस्कार मानिन्छ । उप्रेती अटिजम भएका बालबालिकाहरुको सेवामा क्रियाशील सामाजिक अभियन्ता हुन् ।