अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सहभागिता

 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८० को अवसरमा नेपाल अपाङ्ग महिला संघले ललितपुर उपमहानगरपालिका र  विभिन्न गैरसरकारी संघसंस्थाले आयोजना गरेका छुट्टाछुट्टै  र्‍यालीमा ऐक्यवद्धतासहित सहभागिता जनायो ।

महिलामा लगानी: सभ्य र समुन्नत नेपालको थालनी भन्ने नारासहित र्‍याली

को आयोजना गरिएको थियो । प्लेकार्ड र व्यानरसहित निस्केको र्‍यालीमा सहभागीले श्रमको सम्मान र पहिचान, समान ज्याला, महिला हिंसाविरुद्ध, महिला अधिकारसम्बन्धी नारा लगाएका थिए । र्‍यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।