Disability Talks

बागमती सरकारले पलेशालाई दियो १० लाख, एरिकालाई ५ लाख

३ असोज, हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो ।

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो

टोकियोबाट सुरु भएको यात्रा, पेरिसमा प्राप्त हौसला

पलेशाले दोस्रो ओलम्पिक सहभागितामा पदकसँगै नेपालीको खुसी पनि ‘रेकर्ड’ गराएकी हुन् । यो सफलताले नेपाली खेलाडीको विश्वका प्रमुख प्रतिस्पर्धामा पदक जित्न सक्ने आत्मविश्वासलाई बढाउनेछ ।