Disability Talks

अपाङ्गता भएका व्यक्तिको मानव अधिकार

मानव अधिकार सबैको जन्मसिद्ध अधिकार हो । मानव अधिकार आधारभूत अधिकारसँग पनि जोडिएको हुन्छ । गाँस, बास, कपास मुख्य आधारभूत आवश्यकताभित्र पर्दछन् । त्यसपछि शिक्षा, स्वास्थ्य, रोजगारी, स्वतन्त्रतालगायत राजनीतिक, आर्थिक, सामाजिक अधिकार रहेका छन् ।

भारतीय मानवअधिकार परिषद्ले ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’बाट नेपालकी सविता उप्रेतीलाई सम्मान गरेको छ । यो पुरस्कार १४० सदस्य राष्ट्र भएको मानवअधिकार परिषद्को प्रतिष्ठित पुरस्कार मानिन्छ । उप्रेती अटिजम भएका बालबालिकाहरुको सेवामा क्रियाशील सामाजिक अभियन्ता हुन् ।