अपाङ्गता भएका व्यक्तिहरुका लागि कानुनी सचेतना कार्यक्रम

कानुनी सचेतना कार्यक्रममा बागमती प्रदेश सभाका सांसद जयराम थापालगायत अतिथि ड्यासमा ।

 

 

नेपाल अपाङ्ग महिला स‌ंघको समन्वय र बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ८ को आयोजनामा बुढानीलकण्ठ नगरपालिकाका अपाङ्गता भएका व्यक्तिलाई कानुनी सचेतना सम्बन्धी अन्तर्किया सम्पन्न भयो ।

बुढानीलकण्ठ न पा वार्ड न ८ को आयोजनामा भएको कार्यक्रममा हलमा सहभागीहरु

अन्तर्कियामा अपाङ्गताका प्रकार, अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा, कानुनमा अपाङ्गता भएका व्यक्तिका लागि सुनिश्चित गरिएका अधिकारका बारेमा जानकारी दिइएको थियो । अन्तर्क्रियामा अपाङ्गता भएका व्यक्तिलाई निशुल्क रुपमा दिने सेवा सुविधाहरु नदिइएको कुरा सहभागीहरुले उठाएका थिए । सहभागीहरुले कार्यक्रममा सहभागी भएर अपाङ्गताका बारेमा धेरै विषयमा जानकारी पाएको प्रतिक्रिया दिए । कार्यक्रम प्रदेश सभाका सांसद जयराम थापाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष मीना पौडेल, महासचिव देव कुमारी, पराजुली र सचिव सुनिता थापाले गरेका थिए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, वडाका पदाधिकारीहरुलगायत ६५ जनाको सहभागिता थियो ।