16 days activism, raise voice against gender based violence.

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् २०२१...

Campaign against violence.
Rally Program at Maitighar, End violence against women.
Rally at Maitighar, Campaign for violence against women

जव सम्म अपांगता भएका महिलाको शारीरिक, बौद्धिक, मानसिक अवस्थाको स्वीकार  गरिदैन, निर्णायक तहमा प्रतिनिधित्वको सुनिश्चितता हुुँदैन र आर्थिक रुपले सवल हुन, सक्दैनन् तव सम्म विभेद, हिंसा रहित घर, समाज, राज्यको परिकल्पना गर्न सकिदैन ।

यस लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् २०२१ को अवसरमा अपांगता भएका महिला विरुद्धका सवै खाले हिंसा अन्त्यको लागि प्रतिवद्ध होऔं हिंसा विरुद्ध आवाज उठाउ, लैंगिकता र अपांगताको आधारमा हुने सवै खालको हिंसा अन्त्य गरौं ।

#endvawondisability
#16daysofactivism
#justiceforwwds
#accessibleelection
#accessibleinfrastructure
“पुर्ण र अति अशक्त अपाङ्गता भएका महिला तथा वालिका यौनजन्य हिंसा र बलात्कारको वढी जोखिमा रहेको र न्यान नपाएको तथ्य विभिन्न अध्ययनले देखाएको छ । हिंसा प्रभावितका लागि अपाङ्गता मैत्री न्याय प्रक्रिया नुहुन, सहयोगी र दोभाषेको अभावमा सामाजिक तथा कानुनी न्याय पाउन सकिरहेका छैनन् । हरेक हिंसा प्रभावित महिलाको न्यायमा  पहुँच सुनिश्चित गर्न, कानुनी निकायहरु संवेदनशिल हुन, न्यायका लागि द्रुत प्रणाली र कानूनको प्रभावकारी कार्यान्वयनका लागि सवै जुट्न जरुरी छ ।  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौं । लैंगिकता र अपाङ्गताको आधारमा हुने सवै किसिमको हिंसा अन्त्य गरौं”
प्रकोप तथा महामारी सबैका लागि आपतकालीन आस्था हो।  अपांगता भएका महिला तथा बालिकाहरु यस आपतकालीन अबस्थामा बढी भन्दा बढी हिंसा को जोखिममा परेका विभिन्न  अध्ययनहरुले  देखाइरहेका छन्।  बिगत् २ बर्ष देखि विश्व ब्यापी रुपमा फैलिएको यस कोरोना भाइरस  को महामारीमा नेपालमा पनि अपांगता भएका महिला तथा बालिकाहरु हिंसा भोग्नुपरेका धेरै घटनाहरु आइरहेका  छन्।  त्यसैले अपांगता भएका महिला तथा बालिका माथि हुने हिंसा अन्त्यका लागि सबै तह र तप्काबाट आवाज उठाउन जरुरि छ।  धन्यवाद। 

अपाङ्गता भएका महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सबैले एकै साथ आवाज उठाऔं । अपाङ्गता भएका महिलामाथि हुने हिंसा अन्त्य गरी सुरक्षित, सम्मानित र समावेशी समाजको निर्माण गरौं ।

राज्यले सीमित क्षेत्रहरूमा मात्र नभएर देशका सम्पूर्ण क्षेत्रहरुमा पनि अपांगता भएका महिलाहरुले पाउनुपर्ने सबै किसिमका सेवा सुबिधाहरू उनीहरु समक्ष पुर्याउन  जरुरि छ |

अपाङ्गता भएका महिलाले दुर्व्यवहार वा हिंसा सहनु परेको छ भने, त्यसो गर्ने व्यक्तिको विरुद्ध न्यायिक निकायमा उजुरी गरौं र लैङ्गिक हिंसा र दुर्व्यवहार विरुद्ध एक हौं | लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान महिला हिंसा बिरुद्ध आवाज उठाउने दिवसमा मात्र नभएर ३६५ दिन भरि नै अपाङ्गताका आधारमा उनिहरु बिरुद्ध हुुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सबैले एकै साथ प्रतिबद्धता र प्रण गरौं, अपाङ्गता भएका महिलामाथि हुने हिंसा अन्त्य गरी सुरक्षित, सम्मानित र समावेशी समाजको निर्माण गरौं ।