लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रशिक्षकको ५ दिने तालिम ।

Picture taken after completion of training.

नेपाल अपाङ्ग महिला संघ, काठमाडौंले अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरण गर्न होटेल भ्यु प्वाइन्ट, पोखरा, गण्डकी प्रदेशमा २२ नोभेम्बर २०२१ मा ५ दिने प्रशिक्षकहरुका लागि तालिम सञ्चालन गरेको छ। २५ सहभागीहरूले तालिममा भाग लिएका थिए जहाँ प्रशिक्षणमा १३ व्यक्तिहरू अपाङ्गता भएका महिलाहरू थिए र १२ स्थानीय सरोकारवालाहरूका प्रतिनिधिका साथमा बारपाक, सुलिकोटका उपमेयरको पनि सहभागिता थियो । सहभागीहरु विभिन्न ४ जिल्ला (कास्की, लमजुङ, तनहुँ र गोरखा) बाट आएका थिए । तालिममा विभिन्न बिषयका विज्ञहरूद्वारा संचालन गरिएको थियो। जहाँ नेपाल अपाङ्ग महिला संघका अध्यक्ष श्री टीका दाहाल, महासचिव श्री मीना पौडेल र अन्य ३  अतिथि सहजकर्ताहरूले सहजीकरण गरेका थिए। GESI विज्ञ श्री सरिता दाहाल, कास्की जिल्लाका कानुनी अधिकृत श्री मोहन काफ्ले र कोपिला नेपालका कार्यकारी निर्देशक श्री बिना सिलवालले तालिम सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। सहभागितामूलक विभिन्न विधिहरूद्वारा तालिम सञ्चालन गरिएको थियो।  सहभागीहरू कार्यक्रममा अन्तरक्रियात्मक र उत्साहपूर्वक भाग लिएका थिए।

 

परिचय छुटै ढंग बाट सुरु भएको थियो जसमा छुट्टा छुट्टै चिटमा यौन र हिंसा लेखिएको थियो जसलाई साथिसंगजोडा मिलाई परिचय दिइएको थियो। जहाँ सहभागीले आफ्नो जोडा को पूरा परिचय र विषय सम्बन्धि ज्ञान दिनु पर्ने थियो । राजनीतिक हिंसा, आर्थिक हिंसा, शैक्षिक हिंसा आदिलाई प्रष्ट रूपमा देखाउनको निमित्त तालिममा नाटकद्वारा प्रस्ट पारिएको थियो। सहभागीहरूले विभिन्न विषयमा कार्ययोजना तयार पारेका थिए जसमा अपाङ्गता भएका महिलाहरूका लागि शैक्षिक र सामाजिक हिंसा, महिलामाथि हुने घरेलु हिंसा, मनोसामाजिक समस्याहरू, लैङ्गिकता को आधारमा गरिने हिंसा, लैङ्गिक र अपाङ्गता सम्बन्धी हिंसा, अपाङ्गता प्रति समुदायको व्यवहार बारे अन्तरक्रियात्मक तवरबाट भएको थियो। सहभागीहरूले आ-आफ्नो एकाइहरूमा तालिम पूरा गरेपछि एक-दिवसीय अभिमुखीकरण कार्येक्रम लागि प्रतिबद्धता जनाएका थिए।  पाँच दिनको ToT को सबै सहभागीहरूलाई तालिम प्रमाणपत्र प्रदान गरेपछि सहभागीहरूको ज्ञान 22% ले बढेको तालिम पश्चातको प्रश्नावली ले देखाएको छ ।

 

तालिमको प्रेरणा।

म्याग्दी जिल्लाकी वञ्चित दलित समुदायकी महिला गोरी दर्जी अपाङ्गता भएका महिला तालिमको प्रेरणा थिइन् । सम्पूर्ण समुदायले उनलाई निरुत्साहित गरेको थियो र दलित परिवारबाट भएकई कारण उनले आफ्नो करियरमा धेरै अवरोधहरूको सामना गरेकी थिइन्।  तर उनको प्रगतिशील स्वभावले उनलाई उदाहरण बन्न उत्प्रेरित गर्यो। अन्तत उनले आफुलाई समाजमा प्रमाणित गरेरै छाडिन र निर्वाचित महिला प्रतिनिधि को रुपमा कार्येरत भएर सेवा गरिरहेकी छिन।  यसले अपाङ्गता भएका महिलासहित उनको सम्पूर्ण दलित समुदायलाई सुन्दर भविष्यको सपना देख्न नछोड्न प्रेरित गरेको छ ।   सपना देखेमात्र पुरा हुने कुराको ज्वलन्त उदहारण हुन् गोरी दर्जी।