दिगो विकास लक्ष्य हासिलमा गम्भीर चुनौती

Panelists from the left Bimal Paudel, Lili Thapa, Tika dahal and Ganesh Bk sitting in the dais

 

‘कोही पछाडी नछुटुन्’ ( Leave No one Behind)  दिगो विकास लक्ष्यको मुख्य एजेण्डा काम गरिएपनि सिंगो सिमान्तकृत समुदाय यसबाट छुटिरहेको सरोकारवालाहरूले बताएका छन् । दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जालले आयोजना गरेको  दिगो विकास सम्बन्धी एकदिने नेपाल पिपल्स फोरमको समानान्तर सत्रको कोही पछाडी नछुटुन् ( Leave No one Behind) विषयमा गरिएको अन्तर्क्रियामा वोल्दै उनीहरुले संविधानले पहिचान गरेका बिभिन्न क्लष्टरहरु जस्तै महिला, दलित, जनजाति, मुश्लिमलगायतलाई केन्द्रमा राखेर सूचकहरु नबनाउँदा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती भएको आौल्याए ।  ‘भौगोलिक रुपमा पछाडी पारिएकालगायत सम्पूर्ण सिमान्तकृत समुदायहरुको समग्र विकासमा महत्वपूर्ण अवशर भएपनि दिगो विकास लक्ष्य यीनिहरुसँग जोडिएन’ उनीहरुको भनाइ थियो ।

पिपल्स फोरमको कोही पछाडी नछुटुन् शिर्षकको समानान्तर सत्रको सहजीकरण नेपाल अपाङ्ग महिला संघले गरेको थियो । सत्रमा बोल्दै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले नेपालको संविधान र कानुनले महिलाका अधिकारहरु सुनिश्चित गरेपनि कार्यान्वयन नहुँदा महिलाको अवस्थामा खासै सुधार हुन नसकेको बताउनुभयो ।  सत्रमा बोल्दै दलित अभियन्ता गणेश विकले सरकारले यी क्लष्टरलाई पहिचान गराउन तिर लाग्नुपर्ने, छुवाछुत मुक्त नारालाई कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा सीविएम ग्लोवलका कार्यक्रम अधिकृत विमल पौडेलले दिगो विकास लक्ष्य हासिल गर्न तथ्याङ्क प्राथमिक भएका कारण मध्यावधि समीक्षाबाटै तथ्याङ्क राख्ने काम सुरु गर्नु पर्नेमा जोड दिनुभयो । यसका लागि अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्था, गैरसरकारी संघसंस्था, अन्तर्राष्ट्रिय संघ संस्था र सरकारसँग सहकार्य गरेर तथ्याङ्क राख्ने काम सुरु गरिहाल्नु पर्ने बताउनुभयो ।

उनीहरुले दिगो विकास लक्ष्यका सूचकहरु विशिष्टीकृत नभएको,  तथ्याङ्क विना लक्ष्य र सूचकहरु बनाइएको  नीति तथा कार्यक्रम र बजेट दिगो विकास लक्ष्यका सूचकहरुसँग नजोडिएका कारण उपलब्धी हासिल गर्न निकै चुनौति रहेको बताए । यो सत्रको सहजीकरण संघका अध्यक्ष टीका दाहालले गर्नुभएको थियो । यो सत्रमा ४५ जना सहभागि थिए । जसमध्ये २९ जना महिला थिए ।

कार्यक्रमको उद्घाटनमा नेपाल दिगो विकास लक्ष्य कार्यान्वयनको मध्यमा आइपुग्दा नेपालले १२ प्रतिशतमात्रै लक्ष्य हासिल गरेको जानकारी दिइएको थियो । पिपल्स फोरममा दिगो विकास लक्ष्यसँग सम्बन्धित विषयमा विभिन्न ५ वटा समानान्तर सत्र भएका थिए ।