निबन्ध प्रतियोगिता सम्बन्धी सूचना !

 “अपाङ्गता भएका महिला माथि हुने सबै खालका हिंसा अन्त्यका लागि परिवार, समाज र राज्यको दायित्व” विषयक निबन्ध प्रतियोगिता

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अपाङ्गता भएका महिला माथि विभिन्न किसिमका विभेद र हिंसा विद्यमान रहेको अवस्थामा जनचेतना स्वरूप ८ मार्चको अवसरमा नेपाल अपाङ्ग महिला संघले “अपाङ्गता भएका महिला माथि हुने सबै खालका हिंसा अन्त्यका लागि परिवार, समाज र राज्यको दायित्व” विषयक निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको व्यहोरा जानकारी गराउदछौं । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुक व्यक्तिहरु (१६ वर्ष – ३० वर्ष सम्मका अपाङ्गता भएका/नभएका महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका युवा) ले सो शिर्षकमा निबन्ध लेखेर नेपाल अपाङ्ग महिला संघको इमेल ‘ndwa.2009@gmail.com’ मा मार्च ७, बेलुका सम्ममा पठाउन अनुरोध गरिन्छ । साथै संघको कालोपुलस्थित कार्यालयमा पनि कार्यालय समयभित्र आइ बुझाउन सक्नुहुन्छ । निवन्ध  १०००  शब्दको हुनुपर्ने छ ।  प्राप्त भएका निबन्धहरुलाई गठित छनौट समितिद्वारा छनौट भए पश्चात विशेष कार्यक्रम आयोजना गरि प्रथम, द्वितीय र तृतीय स्थानमा रहेका निबन्धहरुलाई पुरस्कार प्रदान गरिनेछ, साथै विजयी निबन्धहरूको वाचन पनि गरिनेछ । उक्त कार्यक्रमको विषयमा जानकारी केही

समय पश्चात उपलब्ध गराइनेछ ।

नेपाल अपाङ्ग महिला संघ

Nepal Disabled Women Association (NDWA)

कालोपुल, काठमाडौं, नेपाल

सम्पर्क फोन : ९७७-०१-४५३५१३१

ईमेल : info@ndwa.org.np

वेबसाइट: www.ndwa.org.np