बार्षिक समीक्षा बैठक सम्पन्न

नेपाल अपाङ्ग महिला संघले गत एकवर्षमा गरिएको कामका बारेमा समिक्षा गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।

पुष १२, २०८० मा काभ्रेस्थित बल्थलीमा सम्पन्न बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी, सदस्यहरुले आफ्ना क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले संस्थाले पैरवी वकालतमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए ।

साथै वैठकमा संघले सञ्चालन गरिरहेका परियोजनाका एकवर्षको अवधिमा भएका गतिविधिको बारेमा समीक्षा गरिएको थियो । संघमा सञ्चालनमा रहेका दुईवटा परियोजनाका गतिविधि, कामका उपलब्धी र चुनौतीका बारेमा सम्बन्धित परियोजनाका संयोजकहरुले प्रस्तुत गरेका थिए ।