संस्थाको अर्धवार्षिक समीक्षा सम्पन्न

 

नेपाल अपाङ्ग महिला संघको यो वर्षको ६ महिनामा गरिएको कामका बारेमा समीक्षा गर्न

तथा आगामी ६ महिनाका लागि योजना तर्जुमा बैठक सम्पन्न भयो । असार ५, २०८० मा सम्पन्न बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी, सदस्यहरुले आफ्ना क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले संस्थाले पैरवी वकालतमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए ।

साथै वैठकमा संघले सञ्चालन गरिरहेका परियोजना अन्तर्गत छ महिनाको अवधिमा भएका गतिविधिको बारेमा समीक्षा गरिएको थियो । संघमा सञ्चालनमा रहेका दुईवटा परियोजनाका गतिविधि, कामका उपलब्धी र चुनौती र आगामी ६ महिनामा गरिने गतिविधिका बारेमा सम्बन्धित परियोजनाका संयोजकहरुले प्रस्तुत गरेका थिए ।

बैठकमा सीबिएम ग्लोवल नेपालका कार्यक्रम अधिकृत विमल पौडेलले विविध माध्यम र औजारहरु प्रयोग गर्न सके पैरवी र वकालतमा विविधता आउने बताउनुभयो । उहाँले  संस्थाको रणनीतिक योजनालाई कार्यक्रमहरुसँग जोड्न सुझाव दिनुभएको थियो ।