केस व्यवस्थापन तालिम सम्पन्न

 

नेपाल अपाङ्ग महिला संघले काठमाडौंमा आयोजना गरेको तीन दिने केस व्यवस्थापन तालिम  सकिएको छ । कर्मचारी, पालिकास्थित न्यायिक समितिमा कार्यरत सरकारी कर्मचारीहरू र नेपाल अपाङ्ग महिला संघको  कार्यकारी समितिका पदाधिकारी र सदस्यहरूका लागि यो तालिम सञ्चालन गरिएको हो ।

तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका महिलामाथि हुने हिंसाका घटनाको व्यवस्थित र प्रभावकारी केस व्यवस्थापन, यसको दस्तावेजीकरण, परामर्श,  वकालत र समन्वयमा सहभागीहरूको क्षमता विकास गर्नु हो। साथै वर्तमान शासन प्रणाली, नीति, सेवा र न्याय संयन्त्रको अपाङ्गता र अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा सम्बन्धी ज्ञान र चेतना, जिल्ला र केन्द्रीयस्तरमा उपलब्ध सेवाहरूको पहुँचलाई जोड्ने क्षमता विकास गर्ने उद्देश्य तालिमको रहेको थियो ।

तालिमको सहजीकरण अधिवक्ता सविन श्रेष्ठले गर्नुभएको थियो । तालिममा १५ जना अपाङ्गता भएका महिलासहित विभिन्न क्षेत्रका २६ जनाको  सहभागिता थियो।