पालिकाहरूसँग सहकार्यको सम्भावना खोज्दै

Participants sitting in roundtable in hall of tarakeshowre municipality, kathmandu

 

नेपाल अपाङ्ग महिला संघले महिलामाथि हुने हिंसाको अवस्थाका बारेमा छलफल गर्न काठमाडौंका विभिन्न पालिकाहरुमा छलफल गरेको छ । संघले यसै विषयमा ललितपुरको गोदावरी नगरपालिका  र काठमाडौंको तारकेश्वर नगरपालिकामा उपप्रमुखको उपस्थितिमा छलफलको आयोजना गर्‍यो ।

यस अवसरमा संघले उक्त पालिकाहरुमा महिलामाथि हुने हिंसाको अवस्था, काम गर्न परेमा यसका प्राथमिकता,  सहकार्य गर्न सकिने  संभावना र क्षेत्रका बारेमा छलफल गरेको थियो । उक्त अवसरमा पालिकाहरुले महिला हिंसा नियन्त्रणमा गर्नुपर्ने कामहरु प्रशस्त रहेको र सहकार्य गर्न सकिने बताएका थिए ।

यस अवसरमा हिंसा प्रभावित महिलाका लागि  सहयोगी संयन्त्रहरु उनीहरुको न्यायमा पहुँचको अवस्था हेरेर गर्नुपर्ने कामको प्राथिमकतामा छलफल गरि आगामी दिनमा मिलेर अघि बढ्न सकिने कुरा औंल्याइएको थियो । छलफलमा संघका पदाधिकारी, पालिकामा अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधि महिला हिंसा नियन्त्रणमा सक्रिय अन्य संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।