नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाका लागि ३ दिने महिलावादी क्षमता अभिवृद्धि तालिमको आयोजना गर्यो । सीविएम ग्लोवलको सहकार्यमा गरिएको यस तालिममा गोर्खा, धादिङ,चितवन, काभ्रे र काठमाडौंमा अपाङ्गता क्षेत्रमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधि, अपाङ्गता महिला अधिकारकर्मीहरु गरी २५ जनाको सहभागिता थियो ।
पुष १८ देखि २० गतेसम्म संचालन गरिएको तालिमका सहजकर्ता संजोग ठकुरीले महिलावादका बारेमा अवधारणागत स्पष्टतालगायत समता र समानता, पित्तृसत्ता, अन्तर्सम्बद्धता, महिवादको इतिहासका बिषयमा छलफल र अन्तर्क्रियामार्फत जानकारी गराउनुभएको थियो ।
तालिममा सहजकर्ता प्रणिका कोयूले नेपालमा महिलावादी आन्दोलन र यसको प्रभावका बारेमा र सरिता केसीले यौनिक तथा लैङि्गक अल्पसंख्यक, यसभित्रको विवधता र यसभित्रको पितृसत्ताका बारेमा जानकारी दिनुभएको थियो । तालिम सहभागीमूलक, समूहकार्य र व्यक्तिगत कार्यलगायतका विधिमार्फत गराइएको थियो ।