नेपाल अपाङ्ग महिला संघले पुनरावलोकन गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को तीन महलेको अन्तिम मस्यौदा सरोकारवालाहरु माझ सार्वजनिक गरेको छ ।
कार्यक्रममा सांसद संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि, अपाङ्गता अधिकारमा काम गर्ने अगुवाहरु, अन्य सरोकारवाल र परामर्शदाता, संघका पदाधिकारी र कर्मचारी गरी ३८ जना सहभागी थिए ।
कार्यक्रममा परामर्शदाता मनिष प्रसाईले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को विभिन्न सरोकारवालहरुसँग चरण चरणमा गरिएका छलफल र परामर्शपछि पुनरावलोकन गरिएको अन्तिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसअघि उक्त तीन महले सांसदहरु, कानुन व्यवसायी, अपाङ्गता अधिकार क्षेत्रमा सक्रिय, अधिकारकर्मीहरुसँग छुट्टाछुट्टै छलफल गरी अन्तिम रुप दिइएको थियो । सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐनका विद्यमान प्रावधानहरु पहुँचयुक्त सेवाका सवाललाई अपाङ्गता भएका महिलाको दृष्टिकोणबाट पुनरावलोकन गरिएको हो ।