हेल्पलाइन सेवा सुरु

 

राष्ट्रिय मान अधिकार ब्यव्गका अध्यक्षलगायत बिभिन्र संघसंस्थाका प्रतिनिधिले लैङ्गिक हिंसाविरुद्धको जानकारीमूलक पुस्तिका सार्वजनिक गर्दैनेपाल अपाङ्ग महिला स‌ंघले लैङ्गिक हिंसा न्यूनिकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले हेल्पलाइन नम्बर सार्वजनिक गर्नुभयो । नेपाल अपाङ्ग महिला संघले लैङ्गिक हिंसा न्यूनीकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला बालिकाको न्यायमा पहुँच पुर्याउने उद्देश्यले पैसा नलाग्ने निशुल्क हेल्पलाइन नम्बर ९८०१५७१२२५ सुरु गरेको हो ।

हेल्पलाइन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष मगरले हेल्पलाइन सुरु गर्नु सह्रानीय भएको भन्दै सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले हेल्पलाइनमा आएका घट्ना र उजुरी हेरेर कानुनी प्रक्रियामा अघि बढ्नका लागि संघसँग सहकार्य गर्ने बताउनुभयो । मानव अधिकार उल्लघंनका घट्नामा अध्ययन अनुसन्धान गरेर  सरकारलाई सिफारिस गरेपनि कार्वाहीको प्रक्रिया अघि बढ्न नसकिरहेको भन्दै उहाँले सिफारिस कार्यान्वयन संयन्त्र बलियो बनाउन लाग्नुपर्ने अौंल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले अपाङ्गता भएका महिलामाथिका घटना अनुगमन गरी अवस्था हेरेर काम गर्न हेल्पलाइनले सघाउने विचार राख्नुभयो । उहाँले हेल्पलाइनमा आएका  उजुरीका घटनाका बारेमा समय समयमा सरोकावालाहरुसँग छलफल गर्न सुझाव दिनुभयो । उहाँले मानव अधिकार उल्लघंनका घटना अनुसन्धान अनुगमन गरी सिफरिस गर्न आयोग सहकार्यका लागि सँधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिले नेपाल अपाङ्ग महिला संघले सुरु गरेको काममा सहकार्य गर्न तयार रहेको बताए । कार्यक्राममा संघका अध्यक्ष टीका दाहालले लैङ्गक हिंसा र अपाङ्गता भएका महिलाको न्यायमा पहुँचका लागि लामो समयदेखि काम गरेपनि यसको व्यवस्थित दस्तावेजीकरण नभएकाले उक्त कार्यलाई व्यवस्थित गरेर तथ्याङ्कका आधारमा पैरवी वकालत गर्न हेल्पलाइन सुरु गरिएको जानकारी दिनुभयो । साथै राष्ट्रिय मानव अधिकार आयोगसँग साझेदारीमा काम गरिने पनि उहाँले बताउनुभयो । यसै अवसरमा संघले प्रकाशनमा ल्याएको लैङ्गिक हिंसा सम्बन्धी जानकारीमूलक पुस्तिका पनि सार्वजनिक गरिएको थियो । संघले सञ्चालनमा ल्याएको  पैसा नलाग्ने हेल्पलाइन नम्बर ९८०१५७१२२५ मा  चौविसै घण्टा  फोन गर्न सकिनेछ ।