Disability Talks

मानव अधिकार आयोगले माग्यो दृष्टिविहीन शिक्षकलाई हाजिरी गर्न नदिनुको कारण

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर स्थायी नियुक्तपत्र लिएकी दृष्टिविहीन शिक्षकलाई हाजिर नगराउनुको कारण माग गरेको छ। चितवनको चनौली घर भएकी पूर्ण दृष्टिविहीन संगीता पराजुलीले गत पुस १० गते शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेकी थिइन्। परीक्षामा उत्तीर्ण गरेपछि रोल नम्बरका आधारमा उनको नियुक्ति रामेछाप जिल्लामा भएको थियो।

अपांगता भएका व्यक्तिको अधिकारमा पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।