पाठ्यक्रममा अपाङ्गताको विषय समावेश गर्छौ‌: प्रहरी अतिरिक्त महानिरीक्षक

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रहरीहरुलाई उपलब्ध गराउने  तालिमको पाठ्यक्रममा अपाङ्गताको विषय समावेश गर्ने  प्रतिवद्धता जनाउनुभएको छ । नेपाल अपाङ्ग महिला संघको पहलमा  प्रतिष्ठानमा फागुन ८ गते भएको संयुक्त वकालत वैठकमा महानिरिक्षक थापाले प्रादेशिक तालिम केन्द्रमा पनि यी विषय समेट्न पहल गर्ने बताउनुभयो । उहाँले यस्तो पाठ्यक्रम बनाउनु अघि अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिसँग छलफल गर्ने जानकारी पनि दिनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिलाइ कसरी व्यवहार गर्ने र समस्या कसरी समाधान गर्ने भन्ने कुनै लिखित दस्तावेज नभएपनि  कस्तो र कसरी व्यवहार हुनुपर्छ भनेर तालिमका हरेक कक्षा र प्रहरीको अभियान Police Public Partnership मा पनि यी विषयमा  कुरा गर्ने जानकारी दिनुभयो‌ । यसक्रममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले तालिम म्यानुअलमा अपाङ्गताको विषय समेटिनुपर्ने कुरा राख्नुभएको थियो । बैठकका क्रममा संघले ९ बुँदे ध्यानाकर्षणपत्र अतिरिक्त महानिरिक्षक सहकुल थापालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त वैठकमा  अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि र प्रहरी गरी १५ जनाको सहभागिता थियो ।