पहुँचयुक्तताका बारेमा प्रहरीसँग अन्तर्क्रिया

 

नेपाल अपाङ्ग महिला संघले प्रहरीका निकायहरुबाट प्रदान गरिने सेवाहरुको पहुँचयुक्तताका बारेमा छलफल एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो । उपत्यका प्रहरी कार्यालय र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको समन्वयमा भएको उक्त अन्तर्क्रियामा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले प्रहरीबाट जारी हुने सूचना र जानकारीहरु पहुँचयुक्त, सांकेतिक भाषाका दोभाषेको व्यवस्था हरेक प्रहरी कार्यालयमा हुनु आवश्यक रहेको बताउनुभयो । साथै अन्तर्क्रियामा प्रहरीहरुलाई  खासगरी हिंसाविरुद्धको उजुरी लिने ठाउँमा बस्ने प्रहरीलाई अपाङ्गताको प्रकारका बारेमा स्पष्ट जानकारी हुनुपर्ने र यस्ता उजुरीहरुमा अपाङ्गता भएका व्यक्तिको अपाङ्गताको प्रकार स्पष्ट उल्लेख गरेर अभिलेख गरिनुपर्ने विषय उठाइएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक सीताराम रिजालले  उजुरी लिने क्रममा अपाङ्गताको प्रकार अनुसारको अभिलेख प्रणालीको विकास गर्ने र अपाङ्गता भएका व्यक्तिलाई गरिने सम्वोधनमा  कमी कमजोरी भए सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।  अन्तर्कि्यामा काठमाडौं ललितपुर र भक्तपुर प्रहरी कार्यालयका महिला सेल र मुद्दा शाखामा कार्यरत प्रहरी, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका प्रतिनिधि गरी ४४ जना सहभागि थिए ।