शिक्षकहरूलाई सिकाइको विश्वव्यापी ढाँचा सम्बन्धी पुनर्ताजगी तालिम

नेपाल अपाङ्ग महिला संघले सामुदायिक, विशेष र स्रोत विद्यालयमा पढाउने शिक्षकहरूका लागि सिकाइको विश्वव्यापी ढाँचा सम्बन्धी ३ वटा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । काठमाडौंमा तीन चरणमा आयोजना गरिएको तालिमको उद्देश्य  सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर  उच्च र न्युन प्रविधि प्रयोग गरी बालबालिकाको सिकाईमा विविधता र आवश्यकता सम्बोधन गर्न सहजीकरण गर्नुरहेको थियो ।

सिकाईको विश्वव्यापी ढाँचा-Uuniversal Design for Learning (UDL)  का ३ वटा सिद्धान्त- सहभागिता, प्रस्तुतीकरण र अभिव्यक्ति (Multiple means of Engagement, Representation and action and expression) का बहुविधिबाट   प्रारम्भिक तहका बालबालिकाको सिकाई उपलब्धीमा सुधार ल्याउन सहयोग पुर्‍याइ सिकाईको विश्वव्यापी ढाँचालाई स्थानीयकरण गर्दै यसको प्रयोगमा ब्यापकताका लागि शिक्षकको क्षमता विकास  गर्नेु यो तालिमको अर्को उद्देश्य रहेको छ ।

शिक्षकहरुलाई यीनै सिद्धान्तमा रहेर  प्रारम्भिक तहका अन्यसँगै सिकाइमा संघर्ष गरिरहेका वा कठिनाइ भएका बालबालिकालाई कक्षाकोठामा न्युन र उच्चप्रविधि प्रयोग गरी  समान सिकाइ कसरी हासिल गर्ने भन्ने बारेमा तालिममा सिकाइएको थियो । सिकाइको विश्वव्यापी सिद्धान्तको महत्व, कक्षा कोठा व्यवस्थापन र वैयक्तिक शैक्षणिक योजनाका बारेमा  स्वयं शिक्षकहरुको सहभागितामा समूहकार्य मार्फत तालिम सहजीकरण गरिएको थियो । समूहकार्य र अन्तर्क्रियात्मक विधिले सिकाइको विश्वव्यापी सिद्धान्तका बारेमा बुझाइ अझ स्पष्ट भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।

यसअघि  बागमती प्रदेश अन्तर्गत ४ वटा जिल्लाका ४९ वटा विद्यालयमा पढाइरहेका लगभग ९६ जना शिक्षकलाई चार चरणमा उपलब्ध गराइएको तालिमलाई अझै विशिष्टिकृत गर्न  उनीहरु कै लागि यो पुनर्ताजगी तालिमको आयोजना गरिएको हो ।

LEARN परियोजना All Children Reading: A Grand Challenge for Development (ACR GCD), USAID, World Vision, र अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग र विश्व शिक्षा (World Education inc.)  को साझेदारीमा नेपाल अपाङ्ग महिला संघले Leveraging Existing Accessibility Resource in Nepal- LEARN परियोजना अन्तर्गत अपाङ्गता भएका बालबालिकालगायत प्रारम्भिक कक्षाका सबै बालबालिकाको भाषिक र पठन सिप सुधारका लागि बागमती प्रदेश अन्तर्गत ४६ वटा स्कुलका ७१ जना शिक्षकलाई यो  पुनर्ताजगी तालिमको आयोजना गरेको हो  ।

तालिममा काठमाडौं, ललितपुर,  धादिङ र काभ्रेका प्रारम्भिक तहमा पढाउने शिक्षकहरू सहभागी थिए ।  शिक्षा मानवश्रोत तथा विकास केन्द्र सानोठिमीसँगको सहकार्यमा र केन्द्र कै प्राविधिक सहयोगमा तयार गरिएको तालिम सामग्रीमा आधारित रही  तालिम दिइएको हो ।